skip this

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । यसअघि पनि डा श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

nijgadh-supermart-adz1200-630