विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु
वि.सं.२०७९ साउन २९ आइतवार १४:५५
846
shares

काठमाडौं । रुपन्देही, दाङ र सुनसरीमा डुबेर तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीस्थित भलुही खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–७ अस्नैया बस्ने ४० वर्षीय भिम चौधरी छन् । उनको शनिबार मृत्यु भएको हो ।
दाङको लमही नगरपालिका–६ बेल्दमारस्थित अर्जुन खोलामा साथीहरुसँग नुहाउने क्रममा डुबेर घोराही उपमहानगरपालिका–२ बुका बस्ने २६ वर्षीय निराजन पोख्रेलको शनिबार मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित झुम्का चतरा नहरमा डुबेर सोही नगरपालिका–१ पुर्नबास बस्ने ५४ वर्षीय बिनोद कुमार काफ्लेको शनिबार मृत्यु भएको छ ।
वि.सं.२०७९ साउन २९ आइतवार १४:५५
















