skip this

सरकारमा जानको लागि रास्वपाले माग्यो उपप्रधानसहित गृह मन्त्रालय

1.44K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित सरकारमा जानको लागि उपप्रधानसहित गृह मन्त्रालय माग गरेको छ।नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय माग गरेका हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारलाई लामिछानेको पार्टीले पनि समर्थन गरेको छ। सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी रास्वपाले थालेको छ। रास्वपामा २० सांसद रहेका छन्।

अध्यक्ष दाहालले आज दिउँसो ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिंदैछन्। त्यस्तै दाहाल नेतृत्वको सरकारमा अन्य मन्त्रीहरूले पनि शपथ लिने कार्यक्रम रहेको छ। माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ।

nijgadh-supermart-adz1200-630