विश्व एड्स दिवस : निजगढमा एड्स संक्रमणबाट ज्यान गुमाएकाको स्मृतीमा दिप प्रज्वलन (फोटो फिचर)
वि.सं.२०८० मंसिर १५ शुक्रवार १८:५५
बारा–आज विश्व एचआईभी एड्स दिवस। नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ ।
विश्व एड्स दिवस २०२३ को नारा ‘समुदायले नेतृत्व गरौं’रहेको छ। एचआईभी एड्स नेपालमा १९८८ मा पत्ता लागेको हो। महामारीकै रुपमा फैलिएको यो रोगका कारण २९ हजार ५ सय १८ जनाको मृत्यु भइसकेको छ भने ७० हजार ५ सय १२ जनामा संक्रमण फैलिएको छ । जसमध्ये २९ हजार १५ वर्षभन्दा माथिका १३ हजार महिला र १६ हजार पुरुष छन् ।
३० हजार संक्रमित भने १५ वर्ष मुनिका बालबालिका र किशोरकिशोरी रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ ।
रोग फैलिएको लामो समयपछि २००४ सालमा मात्रै नेपालमा यसको उपचार सुरु भएको हो । जसबाट २४ हजार २ सय ३६ जना संक्रमित लाभान्वित भएका छन् । नेपालमा २०२३ मा ३४४ जना संक्रमितको मृत्यु भएको छ भने यो अवधिमा ४८८ जना नयाँ संक्रमित थपिएका छन् ।
यसको क्षेत्रमा लामो समयदेखि क्रियाशिल संघ संस्थाले विभिन्न कार्यक्रम गरेका छन् । बाराको निजगढमा निजगढ महिला समुहको अगुवाईमा पिरु फाउण्डेशन लगायत संघसंस्थाको आयोजना दिपप्रज्वलन गरिएको छ ।
शहीद चोकमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिकर्मी, अगुवा तथा सरोकारवालाहरुको उपस्थितिमा आयोजित कार्यक्रमको सहजिकरण भाईकाजी श्रेष्ठले गरेका थिए ।
एड्स संक्रमण भई उपचारत व्यक्तिहरुलाई हौसला दिन र दिवंगतहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको समुहकी अध्यक्ष प्रेमकुमारी पुलामी मगरले बताईन् ।
फोटो :
वि.सं.२०८० मंसिर १५ शुक्रवार १८:५५