skip this yams_Max_Hospital.jpeg

सहकारीको सञ्चालक बन्न होमनाथले छाडे जीतपुरसिमरा १२ का वडा सदस्य पद, राजिनामा स्वीकृत

सहकारी व्यवस्थित गर्ने कानून कार्यान्वयन

3.21K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सहकारीको सञ्चालक बन्न जीतपुरसिमराका एक जनप्रतिनिधिले दिएको राजिनामा स्विकृत भएको छ ।

जीतपुरसिमरा उपमहानगरका १२ का वडा सदस्य पद होमनाथ पण्डितले असोज २४ गते राजिनामा दिएका थिए ।

होमनाथ डुमरवाना दुग्ध सहकारीको ४ बर्षको कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन् । शुक्रबार भएको २८ औ साधारणसभा तथा अधिवेशनबाट उनी अध्यक्ष निर्वाचित भएको हुन् ।

किन दिए राजिनामा ?

जनप्रतिनिधिका रुपमा सेवा लिएमा होमनाथले सहकारी सञ्चालक बनिरहन सहकारी संस्थाहरुमा सुशासन प्रवद्र्धधन गर्न सहकारी नियमावली २०७५ को नियम ८१ तथा सहकारी विभागको ३५ बुँदे निर्देशन बाधन बन्यो ।

राजिनामा स्विकृत भएको सूचना ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सहकारी समन्वय समितिको १५ साउनमा बसेको बैठकले सहकारी संघ÷संस्थाको दर्ता तथा नियमन सम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न निर्वाचित वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी वा नेपाल सरकार प्रदेश सरकार वा स्थानीय तहको स्वामित्वमा रहेका निकायमा कार्यरत राष्ट्रसेवक (राज्यकोषबाट पारिश्रमिक पाउने गरि नियुक्ति भई जुनसुकै हैसियतमा काम गर्ने व्यक्ति) सहकारी संघ÷संस्थाको सञ्चालक समिति वा लेखा सुपरिवेक्षण समितिमा निर्वाचित वा मनोनित हुन सक्ने छैन भनि गरिएको निर्णयानुसार यस जीतपुरसिमरा उपमहानगरपालिका भित्र सञ्चालित सम्पूर्ण सहकारी संघ÷संस्थाहरु सोही निर्णय बमोजिम गर्न÷गराउनुहुन अनुरोध गरेको उपमहानगरका सहकारी प्रमुख सुधन चौधरीले बताए ।

उपमहानगरले दिएको निर्देशन ।

समितिले सहकारीको समितीमा वहाल रहेको भएमा तत्काल राजिनामा दिई, रिक्त पदमा आगामी हुने साधारणसभाबाट उपनिर्वाचनको माध्यमबाट पदपुर्ति गर्ने व्यवस्था मिलाउनहुन अनुरोध गरेपछि होमनाथले सहकारी रोजे र वडा सदस्य पद छाड्ने निर्णय गरे ।

कानून कार्यान्वयन

सहकारीलाई व्यवस्थित गर्ने उपमहानगरको कानून कार्यान्वयनमा गएको छ । वडा सदस्य पद छाड्ने होमनाथ जस्तै केहि शिक्षकले सहकारीको जिम्मेवारी छाडेका छन् ।

सहकारी संघ÷संस्थाहरु निर्देशन पालना नगरेमा सहकारी ऐनको दफा १२५(२) बमोजिम जरिवाना असुल उपर गरिने तथा उक्त पदाधिकारीहरुको यस कार्यालयबाट पाउने पारिश्रमिक, सेवा सुविधा समेत रोक्का गर्ने तयारी गरेपछि कानून कार्यान्वयनमा गएको हो ।

 

nijgadh-supermart-adz1200-630