skip this

आज एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

666 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो।बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने र चुनावको समीक्षा गरिने पार्टीका महासचिव वेदुराम भुसालले देश सञ्चारलाई जानकारी दिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका छन्। सरकारमा सहभागी हुने नहुने र अब पार्टीले चाल्नु पर्ने कदमका बारेमा अध्यक्ष माधवकुमार नेपालले जिल्ला तहबाटै सुझाव संकलन गरेका छन्।जिल्ला तहबाट प्राप्त भएको सुझाव बारे पनि बैठकमा छलफल हुने नेकपा एसले जनाएको छ।

nijgadh-supermart-adz1200-630