skip this

आज एमालेले ‘शहीद स्मृति कार्यक्रम’ गर्दै, अध्यक्ष ओली सहभागी हुने

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेकपा (एमाले) ले शहीद स्मृति कार्यक्रम आयोजना गर्दै छ । शहीदहरूको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ । सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने एमालेले जनाएको छ।

जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्मानमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आज शहीद स्मृति दिवस मनाउन लागिएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन्।

वि.सं. १९९७ मा शहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान प्रकटगर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाउन लागिएको हो । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्।

nijgadh-supermart-adz1200-630