मृगौला पीडित २० वर्षिया यूवतीको उपचार्थ मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराद्धारा सहयोग

4.1K shares

बारा–बाराको निजगढ–८ खयरघारीकी २० वर्षिया यूवतीको उपचार्थ मेचिमहाकाली बुहारी संयुक्त आवाज बाराले सहयोग गरेको छ ।
मृगौलामा समस्या देखिएपछि वीर अस्पतालमा उपचारत अन्जनी कुशवारको उपचारका लागि मेचिमहाकाली बुहारी संयुक्त आवाजमा आवद्ध महिलाहरुले रकम संकलन गरेर सहयोग गरेका हुन् ।

मृगौलामा समस्या देखिएपछि डाईलाईसि सुरु गरेकी अन्जनीको उपचारका लागि वडा कार्यालयले आह्वान गरेपछि मेचिमहाकाली बुहारी संयुक्त आवाजले २२ हजार अन्जनीकी मामालाई हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएकी अन्जनी विगत केही वर्षदेखि आमासंगै काठमाण्डौंमा मजदुरी गर्दै आएकी थिईन् । स्वास्थ्य समस्या देखिएपछि हेटौंडा सामुदायिक अस्पतालमा लगिएकोमा आर्थिक अभाव भएको भन्दै आफन्तले वडा अध्यक्ष स्वर्ण लामालाई गुहारेका थिए ।

मृगौला पीडित अन्जनी ।

वडा अध्यक्ष लामाको पहलमा त्यहाँ भएको खर्च भुक्तानी गरेर थप उपचारका लागि वीर अस्पतालमा पु¥याईएको थियो । अन्जनीको आईतबारबाट डाईलाईसिस सुरु गरिएको छ ।
वडा अध्यक्ष लामाको आह्वानपछि मेचिमहाकाली बुहारी संयुक्त आवाजले आकस्मिक रुपमा रकम संकलन गरेर मृगौला पीडितको उपचारका लागि सहयोग जुटाईएको अध्यक्ष चन्द्रिका मगरले जानकारी दिईन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष लामा, संस्थाकी अध्यक्ष मगर, उपाध्यक्ष सगुन लामा, सल्लाहकार कल्पना खरेल, सचिव उषा लामा मोक्तान, पत्रकार महेश्वर अधिकारी लगायतले धारणा राखेका थिए ।