१५ केजी गाँजासहित बारामा तीन जना पक्राउ
वि.सं.२०७९ वैशाख २८ बुधवार १२:३४
1.28K
shares

काठमाडौं । जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित एक तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जना छन् । उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई गाँजा सहित फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७९ वैशाख २८ बुधवार १२:३४

















