बारा लागुऔषध सहित दुई जना पक्राउ
वि.सं.२०७९ जेठ ११ बुधवार १०:४७
1.11K
shares

काठमाडौं ।बारा प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन ९फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस०सहित दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेका छन् ।
कलैया उपमहानगरपालिका– १० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना।८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।
वि.सं.२०७९ जेठ ११ बुधवार १०:४७

















