skip this

बाराको सिम्रौनगढबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

1.67K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका-१ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ ।

बुधबार बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरूको साथमा कटुवा पेस्तोल फेला पारेको जनाएको छ ।

nijgadh-supermart-adz1200-630