बारामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ
वि.सं.२०७९ असार २३ बिहीवार ०९:१३
1.15K
shares

काठमाडौं । बारामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सिम्रौनगढ नगरपालिका–१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया पक्राउ गरेको हो । गएराति सिम्रौनगढ– १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचना प्रहरीकोमा आएको थियो ।
सोही सूचनाको आधारमा प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
वि.सं.२०७९ असार २३ बिहीवार ०९:१३
















