skip this

रुसले ग्याँस आपूर्ति कटौती गर्न सक्ने सदस्य राष्ट्रहरूलाई ईयूको चेतावनी

1.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सदस्य राष्ट्रहरूलाई रुसले ग्याँस आपूर्ति कटौती गर्न सक्ने युरोपेली सङ्घ (ईयू) ले चेतावनी दिएको छ। युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनले रुसले आगामी दिनमा युरोपको ग्याँस आपूर्ति कटौती गर्न सक्ने चेतावनी दिएकी हुन् ।

ईयू प्रमुखले रुसी ग्याँस आयात घटाउन आग्रह गरेकी छन् । यसका लागि आगामी दिनमा आपत्कालीन योजना तयार गर्ने पनि उनले सङ्केत गरेकी छन् ।उनले भनिन्, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेल र ग्याँस जस्ता आवश्यक चीजहरूलाई पनि हतियार बनाएका छन्।

 

nijgadh-supermart-adz1200-630