skip this farak Kura Pravakar

मोरङको बेलबारी सवारी दुर्घटना, दुई जनाको मृत्यु

3.5K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मोरङको बेलबारी–१० भाउन्नेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार राति को१० प ३५९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को२त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारीसाधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन नभएको प्रहरीको जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ। घाइते दुवैको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

nijgadh-supermart-adz1200-630