skip this farak Kura Pravakar

राप्रपा नेपालले देशका सातवटै प्रदेशमा अन्तरक्रिया र भेला गर्दै

2.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । देशका सातवटै प्रदेशमा राप्रपा नेपालले अन्तरक्रिया र भेला गर्दै छ। काठमाडौंमा केही दिनअघि बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।भेलामा जनताको माझमा राप्रपा नेपाल अभियान अन्तर्गत वर्तमानका चुनौती र विकल्प विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा, वर्ग, क्षेत्र, समुदायका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने छ।

सातै प्रदेशमा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने बर्तौलाले बताए। पहिलो चरणमा यही जेठ १८ र १९ गते बागमती प्रदेशको हेटौंडामा, २१ र २२ गते १ नम्बर प्रदेशको विराटनगरमा, २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा कार्यक्रम हुनेछ। जेठ २५ र २६ गते लुम्बिनीको बुटवलमा र २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम तय भएको छ। बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति पनि चाँडै तय गरिने बर्तौलाले बताए। कार्यक्रमलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्बोधन गर्नेछन्।

nijgadh-supermart-adz1200-630