मोरङमा रुखबाट लडेर र खोलामा डुबेर २ जनाको मृत्यु
वि.सं.२०७९ जेठ २१ शनिवार १२:३३
1.18K
shares

काठमाडौं ।शुक्रबार साँझ मोरङका भिन्दाभिन्दै स्थानमा नरिबलको रुखबाट लडेर र लोहन्द्रा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। लेटाङ नगरपालिकामा रुखबाट लडेर र कटहरी गाउँपालिकामा खोलामा डुबेर मृत्यु भएका दुवै जना पुरुष हुन्। लेटाङ–३ मा नरिबल झार्न रुखमा चढेका बेला लडेर स्थानीय २३ वर्षीय अशोक राईको मृत्यु भएको छ।
त्यस्तै कटहरी–७ हुरहुरियास्थित लोहन्द्रा खोलामा डुबेर स्थानीय ३९ वर्षीय जोगलाल सरदारको मृत्यु भएको छ। डीएसपी श्रेष्ठका अनुसार बालुवा निकाल्न खोलामा पसेका सरदारलाई डुबेर बेहोस भएको अवस्थामा साँझ ५ः३० बजेतिर फेला पारिएको थियो। बेहोस अवस्थामा फेला पारेर आफन्तले घरमा ल्याएको केही बेरमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
वि.सं.२०७९ जेठ २१ शनिवार १२:३३

















