skip this

पाल्पामा बस दुर्घटना, दुई जनाको मृत्यु

1.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg
काठमाडौं पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्डेङगढीमा शुक्रबार दिउँसो बस दुर्घटना भएको हो ।

लु१च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् ।

दुर्घटना घाइते भएका ६ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630