पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गयो
वि.सं.२०७९ वैशाख ११ आइतवार ११:०९
1.72K
shares

काठमाडौं । आज बिहान ५ बजे काठमाडौं पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुवैको टाउको र शरीरको भित्री भागमा चोट लागेमा ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको थियो।
बा ५० प ९९३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ओखलढुंगा सुनकोशी गाउँपालिका–६ घर भई बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय कमल आले मगर र २१ वर्षीय गोपाल आले मगर छन्।
वि.सं.२०७९ वैशाख ११ आइतवार ११:०९

















