skip this

कांग्रेसको निर्वाचन परिचालन समितिमा दुई जना थपिए

696 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् ।

देउवाले काठमाडौंका चण्डेश्वर वैद्य र सुर्खेतका केशर रोकायलाई सदस्यमा नियुक्त गरेका हुन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिमा आज दुई सदस्य थप गरिएको उल्लेख छ ।

nijgadh-supermart-adz1200-630