सप्तरीमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा दुई जना घाइते
वि.सं.२०७९ साउन ६ शुक्रवार १०:५४
846
shares

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा गएराती पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा दुई जना घाइते भएका छन् । घाइते भएका पैदलयात्री अन्दाजी २७ वर्षीय युवक र मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय युवकको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ ।
घाइते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ । पैदल हिडिरहेका युवकलाई ठक्कर दिएर गएराती पौने ११ बजे मोटरसाइकल पल्टिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
वि.सं.२०७९ साउन ६ शुक्रवार १०:५४
















