त्यो दशैं : आमासंग झगडा गरेर लंगरबुर्जा खेल्न गइन्थ्यो : सुदर्शन दंगाल

वि.सं.२०७९ असोज १९ बुधवार ०८:०१

व्यवसायसंगै राजनीतिकमा समेत सक्रिय युवा हुन्, सुदर्शन दंगाल । नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमी बोकेका दंगाल सो पार्टीमा सक्रिय छन् । निजगढ ८ बकैयाटोलका उनले निजगढ ९ मा दंगाल ब्रदर्श बालुवा प्रशोधन उद्योगका सञ्चालन हुन्, उनै दंगालको दशैं अनुभूति उनकै शब्दमा :
हजुरबाहरुको खेल हेर्न रमाईलो हुन्थ्यो
हामी सानो छदाँ दशैंमा विभिन्न प्रतियोगिता हुन्थ्यो । त्यसबेलाको ६० वर्ष उमेरमाथिको फुटबल प्रतियोगिता निकै रोचक लाग्थ्यो । हामी खुब रमाईलो मानेर हेर्न जाने गरेका थियौं । खुब हुटिङ गर्ने हामीचाहिँ ।
प्रतियोगिताको बिजेताले खसी, भाले जस्ता पुरस्कार राखिएको हुन्थ्यो । फुटबलको नतिजा आएपछि जित्ने र हार्ने दुवै टिम बसेर त्यो भोज खान्थ्ये । त्यो एक प्रकारको रमाईलो र आत्मीयतापूर्ण व्यवस्था थियो । त्यस्तो खाले खेलहरु अचेल हुने गरेको पाईदैन ।
ममाघरको दक्षिणा खुत्रिकेमा
दशैंमा हामी मामा घर जान्थ्यौं । त्यतिबेला आकर्षक दक्षिणा मामाघरबाट प्राप्त हुन्थ्यो । त्यसलाई हामी खर्च नगरि घरमा ल्याएर खुत्रिकेमा हाल्थ्यौं । त्यो खुत्रिके फुटाएपछि त्यो पैसा बुवा आमाको हुने ।
दशैंमा नयाँ कपडा लगाउन खुब रहर हुन्थ्यो । नयाँ कपडामा स्कुल ड्रेस नै सिलाउने चलन थियो । नयाँ कपडा लगाएर लंगरबुर्जा खेल्न गईन्थ्यो । घर अगाडी लंगरबुर्जा खेलाउन लागेको आवाज घरसम्म आउँथ्यो । त्यो सुनेपछि कुदेर पुगिन्थ्यो । लंगरबुर्जा खेल्न रमाईलो मानेर गएपनि जहिले हार्ने हो । खेल्ने पैसा आमासंग झगडा गरेर मागिन्थ्यो ।

वि.सं.२०७९ असोज १९ बुधवार ०८:०१