उदयपुरमा ११ विद्रोही उम्मेदवार र सहयोगीलाई माओवादी केन्द्रको कारबाही
वि.सं.२०७९ वैशाख २० मंगलवार ०८:४८
1.05K
shares

काठमाडौं । बैशाख २० गते
माओवादी केन्द्रले उदयपुरमा ११ विद्रोही उम्मेदवारलाई कारबाही गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै माओवादी प्रदेश कमिटीले त्यस्ता उम्मेदवारसँगै सहयोग गर्ने नेतालाई कारबाही गरेको हो ।
प्रदेश अध्यक्ष हर्क नेम्माङ्गले उदयपुरका ११ सहित धनकुटा, ताप्लेजुङ र सुनसरीका नेतालाई कारबाही गरेका छन् ।प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाललाई कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको छ भने बाँकी ८ जना साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल, सन्तोष सुबेदीलाई पार्टीबाट निलम्बन गरिएको छ ।
वि.सं.२०७९ वैशाख २० मंगलवार ०८:४८

















