बारा १ मा उमाकान्तकाे राेजाई रमेश दंगाल, शम्भुले पाएनन् प्रदेश टिकट !
वि.सं.२०७९ असोज २२ शनिवार १५:०९
3.02K
shares

बारा- बारा क्षेत्र नं. १ काे प्रदेश (क) मा नेपाली कांग्रेसले रमेश दंगाललाइ टिकट दिएकाे छ ।
बारा क्षेत्र नं. १ मा नेपाली कांग्रेसले प्रतिनिधि सभामा उमाकान्त चाैधरीले टिकट पाएसंगै प्रदेश (क) मा कसले टिकट पाउँछ भन्ने चर्चा थियाे ।
खानेपानी मन्त्री समेत रहेका चाैधरीले जसलाइ चाहान्छन् उनले टिकट पाउने निश्चित थियाे । उनकाे राेजाईमा दंगाल परेका हुन् ।
प्रदेशमा नेता शम्भु बहादुर बुढाथोकीकाे चर्चा थियाे भने २०७४ का उम्मेदवार पेमाशिद्वि लामा, निवर्तमान मेयर सुरेश खनालकाे समेत दाबी थियाे ।
वि.सं.२०७९ असोज २२ शनिवार १५:०९


















