skip this hetauda tech

बैतडीबाट एमालेका भण्डारीको ‘ह्याट्रीक’

633 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बैतडी-बैतडीबाट प्रतिनिधिसभा सांसदमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएकाछन् । पार्टी प्रदेश अध्यक्षसमेत रहेका भण्डारीले तेश्रो पटक पनि जीत हासील गरेका हुन् ।

उनले २०७०को संविधानसभा निर्वाचन, २०७४ को प्रतिनिधिसभा र २०७९को प्रतिनिधिसभा निर्वाचनमा लगातार जीत हासील गरेका हुन् ।

भण्डारी पहिलो पटक २०७० मा जीत हासील गर्दा अर्थराज्यमन्त्री समेत बनेका थिए । उनले गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुवरलाई पराजीत गरेका हुन् ।

भण्डारीले ३३ हजार ६सय ११ मत प्राप्त गर्दा कुवरको ३२ हजार ८० मत रहेको छ । भण्डारी २०६४ सालमा कुवरसँगै पराजीत भएका थिए । २०७०मा कुवरलाई नै हराएका भण्डारी २०७४ मा भने बाम गठबन्धन हुदाँ कुवर समेतको साथले जितेका थिए । अहिले फेरी कुवरसँगको भिडन्तमा उनी विजयी भएका हुन् ।

यसैगरी बैतडी प्रदेशसभा (क) मा पनि एमालेकै सुरेन्द्र पालले विजय हासिल गरेका छन् । उनले १२ हजार ८सय ३१ मत सहित निर्वाचित हुदाँ स्वतन्त्र उम्मेदवार हरी मोहन भण्डारीले ११हजार १८ मत पाए भने, गठबन्धनका कांग्रेस उम्मेदवार बीर बहादुर बिष्टले १० हजार ९ सय ५३ मत ल्याएका छन् ।

प्रदेशसभा क्षेत्र (ख) मा भने गठबन्धनका कांग्रेस उम्मेदवार शिवराज भट्ट विजयी भएकाछन् । उनले १७ हजार १सय ५२ मत ल्याई निर्वाचित हुदाँ एमालेका लीलाधर भट्टले १६ हजार ७ सय १६ मत प्राप्त गरे ।

nijgadh-supermart-adz1200-630