skip this

मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका लामा विजयी

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी भएका छन् ।सोमबार बिहान सकिएको मतगणना अनुसार लामाले माओवादी केन्द्रका बद्रीबहादुर स्याङतानलाई पराजित गरेका हुन् ।एमालेका लामाले ५ हजार ५९१ मत प्राप्त गर्दै विजयी भए । माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठ विजयी भए । उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरे । श्रेष्ठले ५ हजार ३१५ मत प्राप्त गर्दा रानाले ५ हजार २९९ मत प्राप्त गरिन । अघिल्लो स्थानीय तह निर्वाचनमा राना उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

nijgadh-supermart-adz1200-630