skip this

सत्ता पक्षको निर्देशनमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन फितलो बनाइएको छः महेश बस्नेत

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिको नाम जोडिएर अडियो–भिडियो आए पनि सत्ता पक्षको निर्देशनमा अनुसन्धान प्रतिवेदनलाई फितलो बनाइएको नेकपा (एमाले)का नेता महेश बस्नेतले आरोप लगाएका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले सम्बन्धित व्यक्तिलाई छानबिनको दायरामा नै नल्याउनुले आशंकलाई पुष्टि गरेको आरोप लगाएका हुन्।

नेता बस्नेतले समाजिक सञ्जालमा लेखेका छन्, ‘पीडित भनिएकाहरूले सार्वजनिक गरेका र पीडितसँगको सम्वादका क्रममा अभियुक्तहरूले नै नाम लिएका अडियो–भिडियो सामाजिक संजालमा छताछुल्ल हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिनको प्रकृयामा नै नल्याई सत्तापक्षको निर्देशन अनुरूप अनुसन्धान प्रतिवेदनलाई हल्काफुल्का तयारगरी सरकारी वकिलको कार्यालयमा बुझाइएको कुरा सार्वजनिक हुँदा सुरुदेखिनै गरिएको आशंकालाई पुष्टि गरेको छ’,‘यति सम्वेदनशील र गम्भीर अपराधका विषयमा गरिएको यस प्रकारको कमजोरीको जति आलोचना गरे पनि कम हुन्छ ।

nijgadh-supermart-adz1200-630