skip this

एमाले र एकीकृत समाजवादीको एकता हल्ला मात्र हो –प्रदीप ज्ञवाली

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमाले र एकीकृत समाजवादीको एकता हल्ला मात्र भएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्। आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन । एमाले र एकीकृत समाजवादीबीच एकताको चर्चा चलिरहँदा उपमहासचिव ज्ञवालीको यस्तो भनाइ आएको हो। त्यस्तै उनले पार्टीले भयानक घेराबन्दी तोडेर आएको भन्दै यस विपरीत कुनै निर्णय नहुने समेत उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जाललमा लेखेका छन्, ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन्।’ ‘पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो।’ उनले लेखेका छन्,‘सङ्कटका बेला सतिसाल झैँ उभिएका कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन।’

nijgadh-supermart-adz1200-630