skip this

चेपाङ, दलित र विपन्न बालबालिकालाई स्टेशनरी र खेलकुद सामाग्री सहयाेग

2.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ-धादिङकाे थार्के-७ स्थित कालिका माध्यमिक विद्यालयका ७५ जना चेपाङ, दलित र विपन्न बालबालिकाले स्टेशनरी र खेलकुद सामाग्री पाएका छन् ।


किवानिस कल्ब अफ हेप्पि नेपाल र किवानिस कल्ब अफ ब्राइटर फ्युचर लाइफको सयुक्त सहयोगमा धादिङकाे थार्के-७कालिका माध्यमिक विद्यालयका चेपाङ, दलित र विपन्न बालबालिकालाई सहयोग गरेको हाे ।

विद्यालयका तीन सय १० बालबालिका मध्येबाट अवस्था हेरेर ७५ जना बालबालिकालाई थोरै भए पनि राहत पुर्याउने उदेश्यले स्टेसनरी र खेलकुद
सामाग्री सहयोग गरिएको किवानिस हेप्पी नेपालकी अध्यक्ष प्रमिला लामिछानेले जानकारी दिईन् ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनकाे उपस्थितिमा सामग्री हस्तान्तरण गरिएकाे थियाे ।कार्यक्रममा किवानिस नेपाल डिस्टिकका गभर्नर लक्ष्मण लाम्साल, डिभिजन ३ नर्थका गभर्नर नम्रता गुरुङसहित किवानिस हेप्पी नेपालका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

nijgadh-supermart-adz1200-630