उपराष्ट्रपति निर्वाचनः रामसहाय प्रसाद यादवलाई मत दिने कांग्रेसको निर्णय
वि.सं.२०७९ चैत १ बुधवार १२:१८
????????, ?? ??? ?????? ???????? ?????? ????????? ???????? ????????? ???????? ??????? ????? ????????? ???????????? ??????? ?????? ?????? ????????????? ??? ???????? ?????? ?????? ????????? ????? ????? ?????? ??????? ? ?????? ? ???? ???????, ????
काठमाडौं। उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने नेपाली कांग्रेसले निर्णय गरेको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति पदका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो ।
रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने प्रवक्ता प्रकाशरण महतले बताएका छन् । यादव जनता समाजवादी पार्टी ९जसपा०का तर्फबाट उमेदवार बनेका हुन् । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदै छ ।
बैठकले पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गरेकोमा गठबन्धनमा आबद्ध दललाइ धन्यवाद दिएको छ ।साथै कांग्रेस बैठकले संविधानको पालना गर्दै राष्ट्रपतिको गरिमा मर्यादा, दायित्व र जिम्मवारीलाई कार्यसम्पादन गर्ने विश्वाससहित बधाई दिएको छ । कांग्रेस बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
वि.सं.२०७९ चैत १ बुधवार १२:१८

















