skip this

विन्दा पराजुली बरालको गजल

2.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बहर : करीब
अर्कानः- १२२२-१२२२-२१२२

रचूॅ जस्तै कहानी एकदिन सकिन्छ
सुनिश्चित जिन्दगानी एकदिन सकिन्छ

सबै हुन्छौॅ खरानी एकदिन सकिन्छ
नगर्नू छेडखानी एकदिन सकिन्छ

रहर वैलेर जान्छन् टिप्नू सबैले
रहर हुन् फूल नानी एकदिन सकिन्छ

अध्यारो रातले गर्ला झुट कहानी
बिहानीको जमानी एकदिन सकिन्छ

तिमी आऊ जमाउन प्रिय शीध्र डेरा
यो दिलको राजधानी एकदिन सकिन्छ

नगर्नू दम्भ कहिल्यै रङ रूप हेरी
जवानीको निसानी एकदिन सकिन्छ

बनाए देह पत्थरझैॅ प्यारो हुन्नौॅ
बनाऊ पानी पानी एकदिन सकिन्छ

-सिनामंगल, काठमाण्डौ

nijgadh-supermart-adz1200-630