तेस्रो निजगढ नगर स्तारिय चौतारा भेट्रान्स फुटबल असोज अन्तिम साता हुने
वि.सं.२०८० असोज १५ सोमवार ०८:२२
2.78K
shares

बारा–बाराको निजगढ नगरपालिका–७ योजनाटोलमा असोज अन्तिम साता तेस्रो निजगढ नगर स्तारिय चौतारा भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।
चौतारा यूवा क्लबको आयोजनामा नेत्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता असोज २३ देखि कार्तिक ४ गतेसम्म सञ्चालन हुने छ ।
दशैं पर्वको अवसर पारेर आयोजना हुँदै आएको प्रतियोगिताका विजेताले ३० केजीको खसी, उपविजेताले २० केजीको खसी प्राप्त गर्नेछ । त्यसैगरि टप स्कोररले गोल्डेन बुट, प्लेयर अफ द टुनामेन्टले गोल्डेन बल र बेष्ट गोल्डकिप्परले ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० वर्ष उमेर कटेका खेलाडीले प्रतिस्पर्धामा सहभागि हुन पाउने छन् ।
वि.सं.२०८० असोज १५ सोमवार ०८:२२
















