नराम्रो कुरा यो हो कि समय कम छ, राम्रो कुरा यो छ कि अझै पनि समय छ..!
प्रेरक भनाईहरु
वि.सं.२०७८ फागुन २७ शुक्रवार १८:१६

१) धोखा छलकपट र भ्रष्टाचार बाट कमाएको पैसाबाट तपाइले जति नै ठुलो पुण्यको काम गर्नुस, तर त्यो पुण्य तपाईलाई हैन त्यो पुण्य उसैलाई जान्छ जस्को त्यो पैसा थियो ।
२) यदि कसैको तपाईलाई धोखा दिन्छ भने यो उसको गल्ति हो, तर तेही मान्छेले फेरी धोखा दिन्छ भने अब यो तपाइको त्यो धोखेबाज लाई फेरी विश्वास गर्नु भयो ।
३) यदि कोही तल झार्छ भने गलत बाटोमा नहिड्नु , सही बाटो चुनेर उनलाई गलत प्रमाणित गरिदिनु ।
४) सम्पत्ति त विरासतमा पनि मिल्न सक्छ , तर पहिचान आफ्नै बलमा बनाउनु पर्दछ ।
५) जिन्दगीमा केई बन या न बन येस्ले खासै महत्व राख्दैन, तर बुढेसकालमा आफ्नो आमा बुबाको सहारा पक्का बन्नु किनकी येस्ले ठुलो महत्व राख्ने गर्छ ।
६) जब गुमाउन को लागि केही पनि हुँदैन तब पाउनको लागि धेरै कुरा हुन्छ ।
७) कसैको बाध्यता र उदासीनता मा कहिल्यै पनि नहास्नु के थाहा कोही व्यक्ति आफूभित्र कस्तो पिडा लिएर आफ्नो जिन्दगी जीइरहेको रहेको छ।
८) धेरै अप्ठ्यारा परिस्थितिहरुलाई पार गरेको ऊ व्यक्ति जो रुनेवाला कुराहरुमा पनि मुस्कुराई दिन्छ ।
९) जब तपाई तपाईको बुबाको काँध सम्म आई पुग्नु हुन्छ, तब यो बुझ्नुस कि हुन काँधमा तपाई खेलेर हुर्किनु भयो अब त्यही काँधको बोझ उठाउने बेला भयो ।
१०) जो व्यक्ति तपाईंलाई रूदै गर्दा छोडिदिन्छ यकिन मान्नुहोस् उ कहिल्यै तपाईंको हुन सक्दैन ।
११) जिन्दगीका हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस् , घाम जतिसुकै तेज किन नहोस् समुन्द्र कहिल्यै सुक्ने गर्दैन ।
१२) चुनौतीहरुले नै मान्छेको जीवनलाई रोमान्चक बनाउने गर्छ र येही चुनौतीहरुले नै तपाईको ब्यक्तिवलाई अझै महत्वपूर्ण बनाईदिने गर्छ, तेसैले चुनौतीहरुलाई स्विकार्ण सिक्नुस ।
१३) कसैले छोडेर गयो भनेर चिन्ता नगर्नुहोस् , गलत मान्छेहरु जानुपर्छ ताँकी असल मानिस हाम्रो जीवनमा आउन सकुन ।
१४) नराम्रो कुरा यो हो कि समय कम छ, राम्रो कुरा यो छ कि अझै पनि समय छ ।
१५) यदि तपाई सही हुनुहुन्छ भने कुनै पनि कुरा लाई प्रमाणित गर्ने कोशिस नगर्नुस होस, किनकी समय आय पछि समय आफैले हर चिजको प्रमण दिने गर्छ ।
वि.सं.२०७८ फागुन २७ शुक्रवार १८:१६

















