skip this yams_Max_Hospital.jpeg

जसले बारा जिल्ला अदालतमा सरुवात गरे अभिलेख डिजिटाईज प्रणाली

पेशी अटोमेशन सिस्टम लागु

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेपालमा रहेका तीन तहका अदालतहरूमध्ये जिल्ला अदालत प्रारम्भिक तहको अदालत हो । नेपालका प्रत्येक जिल्लामा एकएक वटा गरी नेपाल भरिमा ७७ वटा जिल्ला अदालतहरूको स्थापना गरिएको छ ।

जिल्ला जिल्ला अदालत सदरमुकाम कलैयामा छ । अमिन अदालत हुँदै जिल्ला अदालत बनेको वर्षौ भईसक्दा समेत बारा अदालत व्यवस्थित हुन सकेको छैन् ।

अदालतको महत्वपूर्ण पाटोमा छ, अभिलेख । तर त्यसको व्यवस्थापन र प्रविधि अनुकुल बनाउन ध्यान जान नसकेको अवस्थामा एक वर्ष अघि बारामा आएका श्रेस्तेदार लालबहादुर कार्कीले यसलाई प्राथमिकतामा राखेका काम अघि बढाएका छन् ।

अन्य जिल्लामा अदालतमा कम्युटरमा ईन्ट्री र डिजिटाईज कार्य अघि बढिसकेको अवस्थामा श्रेस्तेदार कार्कीले भएकै स्रोत साधन र जनशक्तिको माध्यमबाट यसको सुरुवात गरेको हुन् ।

बारा जिल्ला अदालतको विभिन्न मुद्दाका ६९ हजार आठ सय ३२ मिसिल कम्युटरमा अभिलेख (ईन्ट्री) भएको छ । बारामा एक लाख ३९ हजार २४ मिसिल रहेका छन् ।

कम्युटरमा अभिलेख भएसँगै यी मिसिलको फाईल खोज्न सहज हुने छ । मुद्दा नम्बर टाईप गरेकै भरमा अब ती मिसिल फेला पर्नेछ ।

त्यसैगरि ८ सय ६७ फाईल पुर्ण डिजिटाईज गरिएको छ । २०४७ सालदेखिका फाईल पुर्ण डिजिटाईज गर्न थालनी गरिएको श्रेस्तेदार कार्कीले जानकारी दिए ।

श्रेस्तेदार लालबहादुर कार्की

पुर्ण डिजिटाईज भएका फाईलको घरमै बसेर सेवाग्राहीले जानकारी लिन सक्ने छ भने माथिल्लो अदालतले समेत अध्ययन गर्न फाईल जिल्लाले पठाउन पर्नेछैन ।

बारामा सबभन्दा पुरानो फैसला अभिलेखमा रहेको २००८ सालका लिखत बदर गरेको छ ।

भवन अभाव हुदा अभिलेख जोगाएर राख्नु समस्या भएको छ । मिसिल सुरक्षित राख्न समस्या हुने भएकाले अभिलेख फाटलाई बलियो बनाउनु आवश्यक भएको श्रेस्तेदार कार्की बताउँछन् ।

पेशी अटोमेशन सिस्टम लागु

बारा जिल्ला अदालतले बारामा पहिलो पटक पेशी अटोमेशन सिस्टम लागू गरेको छ । सर्बोच्च अदालतमा जस्तै बारा जिल्ला अदालतमा पनि कम्युटरबाट उपलब्ध हुने जिल्ला अदालतका श्रेस्तेदार कार्कीले बताए ।

‘विना भेदभाव अटोमेटिक प्रणालीबाट कम्युटरबाट पेशी तारिख दिईने हुदा यसबाट कसैमा चाडो, ढिलो हुँदैन,’ श्रेस्तेदार कार्कीले भने–भेदभावको अवस्था हट्छ ।

लक्ष्य भन्दा बढी मुद्दा दर्ता

२०८०÷०८१ मा वार्षिक लक्ष्य भन्दा बढी मुद्दा दर्ता भएको छ । यो वर्ष ५ हजार ३ सय ८२ नयाँ मुद्दा दर्ता भएको छ । जबकी अघिल्लो वर्षसम्मको पुरानो जिम्मेवारीमा आएको ४ हजार ४ सय ३३ गरी ९ हजार ८ सय १५ मुद्दा दर्ता छ । मुद्दा फर्छौट लक्ष्य ९५.७४ प्रतिशत रहेकोमा कुल लगतको फर्छौट प्रतिशत ५८.४२ रहेको छ ।

बारा जिल्ला अदालतमा दरबन्दी अनुसार न्यायाधिश नहुँदा फैसलामा प्रभाव परेको छ । ७ जनाको दरबन्दी भएपनि ६ जनामात्र न्यायाधिशले न्याय सम्पादन गर्नुपर्ने अवस्था छ ।

हाल सरल सामान्य र विशेष गरी तीन प्रकारको मुद्दा डिसिएम विधिबाट दर्ता हुँदै आएको छ । उनले ६ महिना नाघेका २२३०, ६ महिनादेखि एक बर्ष सम्मका १५०६, एक बर्षदेखि १८ महिनाका ४३७, दुई बर्ष सम्मको ३३३ र २ बर्ष नाघेका ८७ वटा मुद्दाको फर्छोट भएको छ ।

बारामा देवानी ६६०७ मुद्यामा ३८८६ फर्छौट भई २७२१ मुद्या बाँकी रहेको छ । त्यसैगरी सरकारवादी फौजदारी १०२२ मुद्यामा ५२५ फर्छौट भई ४९७ मुद्दा बाँकी रहेको छ ।

दुनियावादी फौजदारी १७२ मुद्दामा ७५७ फर्छौट भई ९७१ मुद्दा बाकी रहेको छ । पुरानो दर्ता ३९ मुद्दामा २२ फर्छौट भई १७ मुद्दा बाँकी रहेको छ । रिट निबेदन ३१४ मुद्दामा २०३ फर्छौट भई १११ मुद्दा बाँकी रहेको कार्कीले बताए ।

अदालतले कैद जरिवाना बापत पुरानोबाट ४० लाख ९३ हजार तीन सय दुई र नया तर्फ एक करोड ६९ लाख ५९ हजार पाँच सय १३ गरी दुई करोड १० लाख १८ हजार आठ सय १५ असुल गरेको जनाएको छ ।

त्यसैगरी कैद तर्फ लगतमा रहेको पुरानोबाट ९१ बर्ष ११ महिना सात दिन र नयाँ तर्फ ४८० बर्ष ६ महिना २८ दिन गरी ५७२ बर्ष ६ महिना पाँच दिन कैद फछौट भएको छ ।

अदालतको आदेशबाट हालसम्म कायम रहेका थुनुवा १५ महिला सहित ३०५ पुरुष गरी ३२० नेपाली र १५ बिदेशी रहेका छन् ।

nijgadh-supermart-adz1200-630