skip this

बारागढीमा १० औं नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा भित्रिए सरोज ! ‘एक्सन प्लान’ बनाउने

प्रशासन सुर्धान यस्ता छन् प्राथमिकता

3.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सिंहदरबारको झल्को दिने बाराको एक स्थानीय तह हो–बारागढी गाउँपालिका । यसको प्रशासन हाक्न सरोज चौधरी आईपुगेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा त्यहाँ कार्यरत सुनिल केशरीको सरुवा भएसँगै सरोजलाई १० औं नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा १४ साउनमा स्वागत गरिएको थियो ।

१६ साउनमा कर्मचारी बैठक राखेर कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित गर्न छलफल गरिसकेका छन् । शिक्षा, स्वास्थ्य र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर ‘एक्सन प्लान’ बनाउने तयारीमा जुटेका छन् ।

कृषिमा आधारित नागरिकको बसोबास रहेको पालिकामा किसानमैत्री योजना बनाउने र शैक्षिक स्तरलाई सुधार गर्ने गरि काम गर्ने सोचमा रहेका प्रमुख प्रशासकीय अधिकृत सरोजले वडा तहबाट हुने सेवा प्रवाहलाई छिटो, छरितो बनाउने गरि एक्सन प्लान बनाउन लागेको बताएका छन् ।

लामो समय जिल्ला निर्वाचन कार्यालय बारामा कार्यरत रहेका सरोज स्थानीय तहमा समेत अनुभव संगालेका प्रशासकीय अधिकृत हुन् । उनले बारामा परवानीपुर गाउँपालिकाको स्थापनाकालको नेतृत्व गरेका थिए ।

उनले पर्सा जिल्लाको धोबीनी र पटेर्वा सुगौली गाउँपालिकामा र बझाङ्गको थलारा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन् ।

nijgadh-supermart-adz1200-630