skip this hetauda tech

ढुंगा लागेर बैतडीमा एक महिलाको मृत्यु

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बैतडी । बैतडीको सिगासमा ढुंगा लागेर एक महिलाको ज्यान गएको छ ।

जिल्लाको सिगास गाउँपालिका- १ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले शुक्रबार साँझ वडा नम्बर १ को आफ्नो घरबाट वडा नम्बर ३ स्थित घरमा धान ल्याउनका लागि गइरहेका बेला बाटोमा माथिबाट खसेको ढुंगा लागेर उनको घटनास्थलमै ज्यान गएको हो ।

साँझको समयमा हावाहुरी र पानी परेका बेला माथिबाट खसेको ढुंगाले मैनाको टाउकोमा लागेको र घटनास्थलमै मृत्यु भएको जोशीले बताए ।

ती महिलाको शव पोस्टमार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630