skip this farak Kura Pravakar

धनुषामा लागूऔषधसहित युवक पक्राउ

1.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

धनुषा । धनुषामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकज कुमार गुरमैता रहेको धनुषाका सशस्त्र प्रहरीले जनाएका छन् । उनको साथबाट ४९ थान एक सय एमएलको डाइलेक्स डिसि नामक प्रतिबन्धित लागू औषध फेला परेको थियो ।

मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ स्थित बल्हागोठस्थित सीमा ईलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको ज९प ७७६ नम्बरको मोटरसाइकलसहित लागू औषध बरामद भएको थियो । आरोपित गुरमैताको साथबाट लागूऔषध बरामद भएपछि उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।

nijgadh-supermart-adz1200-630