skip this farak Kura Pravakar

सप्तरीमा पुरुषकाे शव फेला

327 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी- सप्तरीकाे तिलाठी कोईलाडी गाउँपालिका-१ भन्सार चौक नजिक एक जना पुरुषको शव फेला परेको छ । रम्पुरा मल्हनिया जाने बाटोमा अन्दाजी २० मिटर दक्षिण तर्फ कुनौली जाने दशगाजामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत फेला परेका अन्दाजी ४०/४५ वर्षका पुरुषको नाम र ठेगाना खुल्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शव फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी अधिकृत समेतको टोली घट्नास्थलमा पुगी शवको जाँच मुचुल्का समेत कार्य सम्पन्न गरेको छ । पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630