skip this

जाजरकोटमा ६.४ रेक्टरको भूकम्प, ३६ जनाको मृत्यु

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा पनि ३६जनाको मृत्यु भएको छ। भूकम्पका कारण भौतिक संरचना भत्किँदा सयौँ घाइते भएका छन्। अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् ।

भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको प्रमुख डीआईजी भीम ढकालले बताए ।

nijgadh-supermart-adz1200-630