skip this farak Kura Pravakar

जीतपुरसिमराको हाकिम फेर्न चलखेल ! नगर सभामा मेयरलाई साथ दिएपछि निशानामा

नाम किटेर मुद्दा हालेपछि नयाँ मन्त्रीसँग छलछाम

4.71K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा गराउन चलखेल सुरु भएको छ ।

दुई महिना अघि (२८ बैशाख) मा पालिकामा हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा गराउन उपमेयर भोलाप्रसाद अधिकारी नेतृत्वको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले चलखेल सुरु गरेका हुन् । उनी जीतपुरसिमराकी पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर अधिवेशन (सभा) ऐन बमोजिम सञ्चालन गर्न मेयर राजन पौडेललाई नगर साथ दिएपछि प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले निशानामा परेकी छिन् ।

१० असारमा विवादका विच नगर सभा सम्पन्न गरेपछि मेयर पौडेल बजेट पारित गरेर कार्यान्वयनमा जुट्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर अवरोध गर्ने नीति अनुसार सरुवाको चलखेल भएको आशंका छ ।

वडा अध्यक्ष हरिदेव खरेलसहित ९१ जना जनप्रतिनिधिले नगर सभा खारेज विरुद्ध मेयर पौडेल र प्रमुख प्रशासकीय अधिकृत काफ्ले विरुद्ध व्यक्तिगत नाम किटेर २३ असारमा रिट हालेका छन् । खरेल एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।


२४ असारमा पहिलो र २८ असारमा दोस्रो सुनुवाई सकिएपछि अन्तरिम आदेश नदिई ११ भाद्रमा अर्को पेशी ताकिएको छ । प्रमुख प्रशासकीय अधिकृत काफ्ले विरुद्ध समेत पेशी तोकिएको अवस्थामा सरुवा गरिएमा अदालतमा विचाराधिन विषयमा प्रवेश गर्न खोजिएको देखिने कानूनका जानकार बताउँछन् ।

सभाहलमा अराजकता मच्याउँदा नडाएपछि अदालतमार्फत अन्तरिम आदेश माग गर्न पुगेको समुह त्यसमा पनि असफल भएपछि हाकिम सरुवाका लागि राजनीतिक पावर लगाउन खोजेको देखिन्छ ।


नगर सभामा सदस्य सचिवका भूमिकामा रहेकी प्रमुख प्रशासकीय अधिकृत काफ्ले कानून बमोजिम असार १० गतेनै बजेट ल्याउन दृढतापूवर्क अघि बढेपछि ‘झाँसीकी रानी’ उपमा समेत पाएकी छिन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा राजकुमार गुप्ता स्थानीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । उनी एमालेबाट पर्सा जिल्लाका प्रतिनिधि सभा सांसद हुन् ।

राजनीतिक प्रभावमा पारेर प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि एउटा टोली काठमाडौंमै डेडा जमाएर बसेको छ ।

nijgadh-supermart-adz1200-630