skip this

पछिल्लो ३ घण्टामा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

321 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।

nijgadh-supermart-adz1200-630