बजेट संशोधनका लागि शनिबार नगर सभाको बैठक सुरु गर्दै जीतपुरसिमरा उपमहानगरपालिका

वि.सं.२०८१ चैत ८ शुक्रवार २३:०४
957
shares

बारा– जीतपुरसिमरा उपमहानगरपालिकाले बजेट संशोधनका लागि शनिबार नगर सभाको बैठक सुरु हुँदैछ ।
नेपालको संविधानको अनुसूची ८ को क. सं १२, धारा २३० को उपधारा (१), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद १० को दफा ७१ को उपदफा (१) तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा संचालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) बमोजिम संशोधित बजेट प्रस्तुत गर्न एघारौ नगर सभाको बैठक शनिबार बस्न लागेको हो ।
विहान ११ः०० बजे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको सभाहलमा हुने सभाको कार्यसूची फागुन २९ गते नै सार्वजनिक गरिएको छ ।
सभा सञ्चालनको तयारीबारे शुक्रबार कार्यपालिका बैठक बसेको थियो ।
बैठकको कार्यसूची :

वि.सं.२०८१ चैत ८ शुक्रवार २३:०४