skip this farak Kura Pravakar

वडा सभापतिको घरमा आक्रमणको भएको एक सातापछि कांग्रेस बोल्यो ! वडा अध्यक्ष गुप्तामाथि छानविको माग

2.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का पार्टी सभापतिको घरमा आक्रमणको भएको एक सातापछि नेपाली कांग्रेस उपमहानगर कमिटीले मुख खोलेको छ ।

वडा सभापति राजेश गिरीको घरमा फागुपूर्णिमाको रात चैत्र १ गते आक्रमण भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको कांग्रेस उपमहानगर सभापति छविलाल शर्माले विज्ञप्तीमार्फत जनाएका छन् ।

त्यहाँका वडा अध्यक्ष सुनिल गुप्ताको नेतृत्वको समुहले घरमा पसेर अपराधिक घटना घटाएको भन्दै कांग्रेसले दुख व्यक्त गरेको छ ।

वडा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले कानून हातमा लिई अन्याय पूर्वक घटाईएको घटनाको सम्बन्धमा नेपाल सरकारको तर्फबाट सत्य तथ्य छानविन गरि दोषीमाथि कानूनी कारबाही गर्न उपमहानगर कमिटीले माग गरेको छ ।

जीतपुर गोली काण्ड : वडा अध्यक्ष पाँच दिनदेखि हिरासतमा, थप एक जना पक्राउ ! यी हुन् फरार

nijgadh-supermart-adz1200-630