९ वर्षीय बालकको हत्या गर्ने २ जनालाई पक्राउ

258 shares

काठमाडौं-९ वर्षीय बालकको हत्या गरेको आरोपमा रौतहट प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

रौतहटको माधवनारायण नगरपालिका ८ पिपरा रजवाडाका ९ वर्षिय बालक आशनारायण प्रसाद कुशवाहाको हत्या गरेर शव नदीमा फालेको आरोपमा उनका काका जयराम महतो कोइरी र सोही स्थानका सञ्जय रामलाई पक्राउ गरेको हो ।

जग्गा सम्बन्धी पुरानो रिसवी र सधैंको झगडाका कारण काका जयरामले भतिजा आशनारायणको हत्या गरेको प्रहरीको दाबी छ ।

गत वर्ष मंसिर २५ गते घरबाट हराएका आशनारायणको शव पुस १ गते माधवनारायण नगरपालिका ८ स्थित बागमती नदीमा फेला परेको थियो ।

२५ गते घर बाहिर खेलिरहेका आशनारायणलाई काका जयराम महतो र उनका सहयोगी सञ्जय रामले मुख थुनेर नजिकै रहेको छाप्रोमा लगेर कपडाले हातखुट्टा बाँधेर हत्या गरेका प्रहरीको आरोप छ ।

पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरी कानूनी कारबाही अगाडी बढाएको प्रहरी उपरीक्षक बुढामगरले बताए ।