धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते
वि.सं.२०७९ साउन २३ सोमवार १०:१७
2.16K
shares

धनुषा । धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका हुन। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना हो । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका पाँच जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार १०:१७
















