दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु
वि.सं.२०७९ साउन २३ सोमवार १०:२४
1.12K
shares

सप्तरी । गएराति सप्तरीमा दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। रूपनी गाउँपालिका–२ पिप्राही चोकमा रूपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको मोटरसाइकल आपसमा ठोकिँएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका ८१६७ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भूनाथ नगरपालिका– ३ का २५ वर्षीय बिकी चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो।
वि.सं.२०७९ साउन २३ सोमवार १०:२४
















