skip this farak Kura Pravakar

बागदेव दुग्ध सहकारीको २७ औं वार्षिकोत्सब : निशुल्क दहीदेखि असहायलाई सहयोगसम्म

966 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराकाे निजगढ-६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था २७ ओैं वर्षमा प्रवेश गरेकाे छ ।

समुदाय स्तरबाट २०३५/३६ सालदेखि दुग्ध संकलन गर्दै आएपनि सहकारी ऐन अनुसार २०५४ सालमा दर्ता भई सञ्चालनमा आएको थियाे ।

संस्थाले किसानबाट दुग्ध संकलन गरि विक्रि वितरण गर्दै आएकाेमा केही वर्षयता दुग्धजन्य उत्पादन बजारमा ल्याएकाे छ ।

संस्थाले वार्षिकोत्सबकाे अवसरमा आफ्नो उत्पादनकाे प्रवद्वर्न गर्ने गरि निजगढकाे सहिद चाेक र बुद्ध चाेकमा निशुल्क दही वितरण गरेकाे छ ।


दही सेवन गरेका उपभोक्ताले गुणस्तरीय र स्वादिलो दही भएको प्रतिक्रिया दिएका छन् । कृषि विकास वैंक निजगढ शाखाका प्रमुख पुरुषाेत्त धितालले बागदेव सहकारीको दही भक्तपुरसंग तुलना गर्न मिल्ने स्तरकाे रहेकाे बताए । उनले सहकारीसंग सहकार्य गरेर वैंकले ऋण प्रवाह गरिरहेकाे भन्दै कृषि उत्पादन र कृषिलाइ व्यवसायिकरण गर्न बागदेव सहकारीको भुमिका महत्त्वपूर्ण भएको बताए ।


संस्थाले निजगढका दुई सामाजिक संस्थालाई सहयाेग गरेकाे छ । निजगढ १० लालस्थित हाम्रो मामा घरमा पुगेर असहाय १९ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । त्यसैगरि निजगढ ४ स्थित मानव सेवा केन्द्रकाे सहारा घरमा खाधन्न सहयाेग गरेकाे छ ।

कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुकाे सहभागीता रहेकाे थियाे ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक संस्थामा रहेका असहाय बालबालिका र सडक मानवहरुलाई सहयोग गरेकाे अध्यक्ष थानेश्वर सापकाेटा अविरलले जानकारी दिए ।

https://www.facebook.com/faraknepaltv/videos/240324645181900

nijgadh-supermart-adz1200-630