skip this farak Kura Pravakar

नम्बर नभएकाे गाडीको डिकीभित्र ३० केजी गाँजा बरामद

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

पर्सा । पर्सामा सशस्त्र प्रहरीले गाडीको डिकीभित्रबाट ३० केजी गाँजा बरामद गरेको छ ।

वीरगञ्‍ज महानगरपालिका वडा नम्बर २० स्थित हर्पतगञ्‍ज सडकखण्डमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्‍नमस्ता बाहिनी मुख्‍यालय महोत्तरीबाट खटिएको टोलीले गए राति उक्त लागुऔषध गाँजा नम्बरप्लेट नभएको गाडिको डिकीबाट बरामद गरेको हो ।

गाडीको डिकीभित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630