skip this

५० लाख फिरौती बुझाउन नसक्दा अपहरण : ७२ घण्टापछि जंगलबाट उद्धार

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अपहरणमा परेका एकजनालाई सकुशल फेला पारेको छ ।

अपहरणमा परेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा तुलसीपुरका जनक देवकोटालाई जंगलमा सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

५० लाख फिरौती मागेको र फिरौती रकम बुझाउन नसकेपछि देवकोटाको अपहरण भएको एसपी काफ्लेले बताए । उनका अनुसार किन अपहरण गरेको र अपहरण गर्ने समूहको खोजी कार्य तीब्र पारिएको छ । एसपी काफ्लेले घटनाको बारेमा देवकोटामाथि सोधपुछ चलिरहेको र हाल अनुसन्धानकै क्रममा रहेकाले विस्तृत विवरण अनुसन्धानपछि मात्र भन्न सकिने बताए ।

प्रहरीले लोकेसन ट्रयाक गरेर खोजतलासमा जुटिरहेको अवस्थामा अमिलियाको जंगलमा देवकोटालाई ७२ घण्टापछि फेला पारेको हो । उनी राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरका सन्चालक हरि रिजालको ‘ड्रागन फ्रुट’ कम्पनीमा काम गर्थे । रिजाल तुलसीपुरका व्यापारी हुन् ।

nijgadh-supermart-adz1200-630