skip this

अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश, के भने सम्बाेधनमा ?

2.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

‘वैकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करियर सुरू गरेकी करिश्मालाई मंगलबार काठमाडौंको कार्की ब्याङ्क्वेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

१५ वर्षपछि आफ्नै घरमा फर्किए सिंह

पूर्व मन्त्री प्रेमबहादुर सिंह १५ वर्षपछि आफ्नो नेतृत्वको सानो पार्टीसहित नेकपा एमालेमा फर्किएका छन् । उनले एमाले त्यागेका थिएनन्, बरु एमालेले उनीमाथि कारबाही गरेपछि अलग पार्टी बनाएर बसेका थिए ।

एमालेबाट बाहिरिएको १५वर्षको बिचमा उनी दुई पटक संविधानसभा सदस्य र मन्त्री समेत बने । संविधानले थ्रेसहोल्डको व्यवस्था गरेपछि सिंहको समाजवादी जनता पार्टीले ३ प्रतिशत मत ल्याउन नसकेका कारण उनी सांसद बन्न पाएनन् ।

पद पाउँछु भनेर होइन, एमालेको कार्यकर्ता बन्न आएकी हुँ :करिश्मा 

अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर नेकपा एमाले प्रवेश नगरेको बताएकी छन् ।

उनले आफू कुनै पदको सौदाबाजी गरेर नभई नितान्त एमालेको कार्यकर्ता बन्न आएको बताइन् । ‘कुनै सौदाबाजी होइन, कुनै आग्रह पनि छैन, नितान्त एमालेको कार्यकर्ता भएर हजुरहरुसँग जोडिन आएको छु’ उनले भनिन् ।

आफू एमाले प्रवेश गर्दा वर्षौदेखि पार्टीमै रहेकाहरुले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् ।

nijgadh-supermart-adz1200-630