skip this

चुनावको दबाबका लागि अनेरास्ववियूको आन्दोलन कार्यक्रम सार्वजनिक

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाबका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेनिकटको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अन्यथा लाखौं विद्यार्थीलाई सडकमा उतार्ने अध्यक्ष सुनिता बरालले विज्ञप्तिमार्फत चेतावनी दिएकी छन् ।

अनेरास्ववियुले माघ १७ (भोलि) देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने ।

भोलि नै देशैभर क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने ।

१८ गतेसम्म पनि मिति नतोकिए मन्त्री सहभागी कार्यक्रममा कालोझण्डा देखाउने कार्यक्रम रहेकाे विज्ञप्तीमा उलेख छ ।

nijgadh-supermart-adz1200-630